२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

एमाले ११ औँ महाधिवेशनका लागि रूपन्देही-२ बाट १० प्रतिनिधि निर्वाचित



बुटवल । आगामी ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न नेकपा एमाले रूपन्देही क्षेत्र नं-२ मा भएको निर्वाचनबाट १० जना उम्मेदवार विजयी भएका छन् । ६ हजार ५१ संगठित सदस्यबीच शनिबार भएको मतदानबाट खुला, महिला र युवा-गरी तीन क्लस्टरमार्फत प्रतिनिधि छनोट गरिएको हो ।

खुला क्लस्टरबाट गोपाल राना, बासुदेव घिमिरे, राजु गुरुङ, तेजेन्द्र केसी, बावुराम भट्टराई र कुमार थापा विजयी भएका छन् । महिला क्लस्टरबाट ज्ञानु केसी, कल्पना थापा र बिमला श्रेष्ठ निर्वाचित भएकी छन् । युवातर्फ बालकृष्ण पाण्डे विजयी बनेका छन् ।

प्रतिनिधि चयन हुने १० स्थानका लागि २७ जनाले उम्मेदवारी दिएका थिए । शनिबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म मतदान भएको थियो भने मतगणना सकेर आइतबार बिहान ४ बजे परिणाम सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ८ : ३५ बजे

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा प्राविधिक जनशक्ति (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिको माग गरेको

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको