१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रास्वपा-विवेकशील साझा एकता घोषणा, ५ बुँदे सहमति, चुनाव चिन्ह ‘घण्टी’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक एकता घोषणा गरिएको छ ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरूले एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरण प्रक्रिया सार्वजनिक गरेका हुन्।

सहमतिको दस्तावेजमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र विवेकशीलकी अध्यक्ष समीक्षा बास्कोटाले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व। उज्वल थापा र ‘विवेकशील अभियान’को योगदानलाई आधिकारिक रूपमा दस्तावेजीकरण गरी मान्यता दिइने भनिएको छ ।

एकता प्रक्रियाअनुसार महाधिवेशनसम्मका लागि रहने ‘विशेष संयन्त्र संघीय नेतृत्व मञ्च’मा विवेकशील साझा पार्टीबाट आउने नेताहरूलाई आपसी समझदारीका आधारमा समायोजन गर्ने सहमति पनि भएको छ।

यस्तै, विवेकशील साझा पार्टीका सदस्य तथा सल्लाहकारलाई केन्द्रीयदेखि स्थानीय संरचनासम्म जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई प्राथमिकतामा राखिने सहमति भएको छ।

एकीकरणपछिको पार्टी नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। दलको झण्डा पनि पुरानै—निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी-जस्ताको तस्तै रहनेछ। चुनाव चिन्ह पनि ‘घण्टी’ नै कायम हुनेछ।

निर्वाचन आयोगमा आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै दुवै पार्टीका नाममा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी सहमतिका आधारमा शीघ्र सम्पन्न गर्ने भनिएको छ।

सहमतिमा लोकतान्त्रिक सुशासन तथा समुन्नतिको एजेण्डामा केन्द्रित भएर अन्य सबै सुसंस्कृत र परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई रास्वपाको सिद्धान्त र ‘घण्टी’ प्रतीकअन्तर्गत एकताबद्ध हुन आव्हान पनि गरिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ४ : ०९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा