१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

७ बुँदे संविधान संशोधनको प्रस्ताव सहित उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक(पूर्णपाठसहित)



काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ ले संबिधान संशोधनका ७ बुँदा सहितको पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । उज्यालो नेपाल पार्टीले काठमाडौंमा आज पार्टी स्थापनाको घोषणासँगै पार्टीको घोषणापत्र पनि सार्वजनिक गरेको हो ।

२०८२ सालको जेनजी विद्रोहको जगमा स्थापना भएको दाबी गर्दै पार्टीले विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तनको प्रस्ताव गरेको छ । पार्टीले आफ्नो प्राथमिक लक्ष्य सुशासन, समृद्धि र सामाजिक न्याय रहेको स्पष्ट पारेको छ।

पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा हालको शासकीय व्यवस्थाबाट बलियो र स्थिर सरकार निर्माण गर्न असम्भव प्रायः रहेको निष्कर्ष समेत निकालेको छ । उज्यालो नेपाल पार्टीले प्रस्ताव गरेको सात बुँदे संशोधन एजेन्डामा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्ने र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गर्ने उल्लेख छ।

प्रदेशमा सांसद रहने व्यवस्था हटाई स्थानीय तहका प्रमुख र उपप्रमुखको प्रतिनिधित्व हुने ’प्रदेश परिषद्’ बनाउनुपर्ने र सोही परिषद्ले ऐन पारित गर्ने प्रस्ताव पार्टीले अघि सारेको छ।

पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा न्यायपालिकामा हुने दलीय हस्तक्षेप रोक्न न्यायपरिषद्को पुनर्संरचना गर्ने र स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने उल्लेख गरेको छ । घोषणापत्रमा राज्यको क्षमता बढाएर गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई राज्यको अनिवार्य दायित्वभित्र पार्ने र स्वदेशी पुँजी परिचालन गरी रोजगारी सिर्जना गर्ने पार्टीको मुख्य ध्येय रहने जनाइएको छ । पुराना राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरे पनि जनमुखी शासकीय क्षमता प्रदर्शन गर्न नसकेको आरोप लगाउँदै पार्टीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारबाट आर्जित सम्पत्ति छानबिन गरी जफत गर्ने नीति अख्तियार गर्ने जनाएको छ।

घोषणापत्रमार्फत पार्टीले आफ्नो साङ्गठनिक संरचना चुस्त र प्रविधिमैत्री हुने तथा उत्कृष्टताका आधारमा नेतृत्व चयन गर्ने प्रतिज्ञा गरेको छ।

घोषणासभामा बोल्दै पार्टीका संरक्षक कुलमान घिसिङले राजनीतिक नेतृत्वमा सुशासनको प्रत्याभूत दिन सके विदेशबाट नेपालमा युवाहरु रोजगारी खोज्न आउनेगरि विकास गर्न सकिने बताएका थिए । पर्यटनलाई मुख्य आयको आधार बनाउँदै धार्मिक र प्राकृतिक सम्पदाहरुलाई भजाउन सकेमात्र नेपालको समृद्धि हुन सक्ने घिसिङले बताए । वनको उपयोग, भूबनोटको प्रयोग र सरल नीति बनाउन सके समृद्धि टाढा नभएको उनको भनाई छ । विकासका बाधकाकारुपमा रहेका सबै कानुनहरुलाई खारेज गरि छाता कानुन ल्याउन सके १० वर्षमा समृद्धि ल्याउन सकिने उनले बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : १० बजे

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज