१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु



गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको ज्यान गएको छ । तटीय क्षेत्रमा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा शनिबार मध्यरात ग्यास सिलिन्डर विस्फोट भएपछि आगो फैलिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिया को उद्धरण गर्दै जनाइएको छ ।

प्रहरीका अनुसार क्लबको भान्साको भागमा सिलिन्डर विस्फोटसँगै आगो नियन्त्रणबाहिर फैलिएको थियो । आगलागीका कारण क्लबका अधिकांश कर्मचारीको मृत्यु भएको छ भने केही पर्यटक पनि ज्यान गुमाउनेमा परेका छन् ।

गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारका अनुसार आगो भुइँतल्लाको भान्सा क्षेत्रबाट सुरु भएको हो । प्रहरीले भान्सा वरपरबाट धेरै शव संकलन गरेको तथा उद्धार तथा अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : २६ बजे

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका