२१ मंसिर २०८२, आइतबार | December 7, 2025

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु



गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको ज्यान गएको छ । तटीय क्षेत्रमा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा शनिबार मध्यरात ग्यास सिलिन्डर विस्फोट भएपछि आगो फैलिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिया को उद्धरण गर्दै जनाइएको छ ।

प्रहरीका अनुसार क्लबको भान्साको भागमा सिलिन्डर विस्फोटसँगै आगो नियन्त्रणबाहिर फैलिएको थियो । आगलागीका कारण क्लबका अधिकांश कर्मचारीको मृत्यु भएको छ भने केही पर्यटक पनि ज्यान गुमाउनेमा परेका छन् ।

गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारका अनुसार आगो भुइँतल्लाको भान्सा क्षेत्रबाट सुरु भएको हो । प्रहरीले भान्सा वरपरबाट धेरै शव संकलन गरेको तथा उद्धार तथा अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : २६ बजे

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा