काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त गरेपछि सडक विस्तार कार्य हालका लागि स्थगित गरेको जनाएको छ । आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सडक डिभिजनले विस्तार प्रक्रिया रोकिएको जानकारी गराएको हो ।
सडक डिभिजनका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ सर्वोच्चको आदेशका कारण स्थगित गरिएको हो ।
यसअघि शनिबार सडक सीमा बढाउने नाममा हेटौंडा उपमहानगरभित्र रहेका सयौँ संरचना डोजर लगाएर भत्काइएको थियो । एकैदिन करीब ५०० घर भत्काइएको र ती संरचनाबाट सामग्री निकाल्न दुई दिनको समय दिएको अधिकारीले बताए ।


















प्रतिक्रिया