१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित



काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त गरेपछि सडक विस्तार कार्य हालका लागि स्थगित गरेको जनाएको छ । आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सडक डिभिजनले विस्तार प्रक्रिया रोकिएको जानकारी गराएको हो ।

सडक डिभिजनका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ सर्वोच्चको आदेशका कारण स्थगित गरिएको हो ।

यसअघि शनिबार सडक सीमा बढाउने नाममा हेटौंडा उपमहानगरभित्र रहेका सयौँ संरचना डोजर लगाएर भत्काइएको थियो । एकैदिन करीब ५०० घर भत्काइएको र ती संरचनाबाट सामग्री निकाल्न दुई दिनको समय दिएको अधिकारीले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ५ : ४७ बजे

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका