काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण आगलागीमा परी मृतकमध्ये चार जना नेपाली रहेको पुष्टि भएको छ। सो दुर्घटनामा जम्मा २५ जनाको ज्यान गएको थियो।
गोवा सरकारले सार्वजनिक गरेको सूची अनुसार मृत्यु भएका २० जना क्लबका कर्मचारी हुन्, जसमा नेपालका चुर्नबहादुर पुन, विवेक कटवाल, सविन ९थर नखुलेको० र सुदीप ९थर नखुलेको० छन्। उनका पूरा ठेगाना भने खुलेको छैन। गोवा सरकारले नेपाली नागरिकका शव नेपाल पठाउने प्रक्रिया अघि बढाइने जनाएको छ।
‘बिर्च एन्ड रोमियो’ नाइट क्लबमा करिब १०० जना मनोरञ्जनमा मस्त रहेका बेला अचानक आगलागी सुरु भएको थियो। प्रारम्भिक जानकारीअनुसार इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगो लागेको र साँघुरा बाटोका कारण दमकल समयमा पुग्न नसक्दा आगो नियन्त्रण बाहिर गएर ठूलो जनधनको क्षति भएको अधिकारीहरूले बताएका छन्।

















प्रतिक्रिया