२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन



काठमाडौं । कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन २०७४ को दफा ४१ को व्यवस्था कार्यान्वयन गर्न भनेको हो । यसअघि पटक-पटक निर्देशन गर्दा पनि अटेरी भएको भन्दै विभागले ऐनको व्यवस्था अविलम्ब कार्यान्वयन गर्न भनेको हो ।

“केही व्यक्तिहरु दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भइरहेकाले निर्देशनका बाबजुत यसरी हालसम्म पनि दोहोरो सञ्चालकमा बहाल रहनुभएका सञ्चालक सदस्यलाई यथाशीघ्र उक्त कानुनी प्रावधान कार्यान्वयनका लागि सम्बन्धित सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई यो निर्देशन जारी गरिएको छ”, विभागको निर्देशनमा भनिएको छ ।

त्यस्तै, सहकारी संस्थाको नियमनको भूमिकामा रहेका सबै नियमनकारी निकायहरुले नियमित अनुगमन, निरीक्षण, नियमन तथा सुपरिवेक्षण गरी यो व्यवस्था कार्यान्वयन भए-नभएको जाँच गर्नसमेत विभागले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ३ : २० बजे

विराटनगरले टस जितेर फिल्डिङ रोज्यो, सुदूरपश्चिम ब्याटिङमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

काठमाडौं । सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका-७ काभ्रेपलाञ्चोकका