२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु



बैङ्कक । दुई देश बिचको सीमामा झडप र हिंसा बढ्दै जाँदा थाईल्यान्डले कम्बोडियाको क्षेत्रमा प्रहार गरे पछि मङ्गलबार सात जना सर्वसाधारणको मृत्यु हुनुका साथै कम्तिमा २० जना घाइते भएको जनाइएको छ ।

कम्बोडियाको संघिय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले कम्बोडिया भित्रका क्षेत्रहरूमा गोलाबारी भएको जनाउदै घटनाको पुष्टि गरेका छन ।

उनले आक्रमणहरूलाई “अमानवीय र क्रूर“ भन्दै आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको निर्देशनमा अक्टोबर-२६ मा दुवै देशका प्रधानमन्त्रीहरूले हस्ताक्षर गरेको युद्धविराम सम्झौता र संयुक्त घोषणापत्रको विरुद्ध भएको बताएका छन ।

बैङ्ककमा, थाई सेनाले कम्बोडियासँगको सीमा झडपमा दुई सैनिकको मृत्यु भएको घोषणा गरेको छ, यो सँगै आइतबार लडाइँ पुनः सुरु भए देखि मृत्यु हुने थाई सेनाको सङ्ख्या तीन पुगेको जनाइएको छ ।

सेनाले विज्ञप्ति जारी गर्दै एकजना सैनिकको डिसेम्बर-८ मा र दुई जना डिसेम्बर-९ मा मृत्यु भएको उल्लेख गर्दै थाइल्यान्डले थाई क्षेत्रबाट कम्बोडियन सेनालाई निष्कासन गर्न कदम चाल्ने जनाएको छ ।

थाइल्यान्ड-कम्बोडियाको ८१७ किलोमिटरको साझा भूमि सीमामा रहेका धेरै क्षेत्रहरूमा लामो समय देखि विवाद छ, जुन विवाद एक शताब्दी भन्दा पुरानो हो । जसका कारण सशस्त्र झडपहरू बिच-बिचमा भइरहेको जनाइएको छ भने सबैभन्दा गम्भीर झडप सन् २०११ मा एक हप्ता लामो बमबारी भएको थियो ।

गत मे महिनामा भएको झडपमा एक कम्बोडियन सैनिकको मृत्यु भए पछि तनाव फेरि बढेको थियो । घटना पछि दुवै पक्षले आफ्नो सीमा तैनातीलाई उल्लेखनीय रूपमा बलियो बनाएको र कूटनीतिक प्रयासहरू असफल भए पछि हाल स्थिति सशस्त्र झडपमा परिणत भएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ४ : १५ बजे

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

बैङ्कक । दुई देश बिचको सीमामा झडप र हिंसा बढ्दै

विराटनगरले टस जितेर फिल्डिङ रोज्यो, सुदूरपश्चिम ब्याटिङमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा