२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नेपालगन्जको एउटै अस्पतालमा १७४ नयाँ कुष्ठरोगी फेलापरे



नेपालगन्ज । नेपालगन्जको एउटै अस्पतालमा उपचारका लागि आएका मध्य १७४ जनामा कुष्ठरोगको संक्रमण पुष्टी भएको छ । बाँकेको जानकी गाउँपालिकाको खजुरारोडमा रहेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।

आईएनएफ नेपाल बाँकेद्वारा खजुरारोडमा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक बर्ष २०८१र८२ मा उपचारका लागि आएका विरामी मध्ये १७४ जना नयाँ कुष्ठरोगी फेला परेको अस्पतालले जनाएको छ । कुष्ठरोग पुष्टी भएकाहरुलाई उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताए ।

नेपालगन्जमा आज आयोजित एक कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै थारुले नयाँ कुष्ठरोगी मध्ये बाँकेका ७१ जना, बर्दिया ४२, भारतका ३०, सुर्खेत ५, दैलेख ३, जाजरकोट ४, दाङ ५, सल्यान २, प्युठान २, रुकुम ३ र सुदुरपश्चिम प्रदेशका ६ जना फेला परेको जानकारी दिए । उनका अनुसार फेला परेका मध्ये ४५ प्रतिशतमा कुष्ठरोगको किटाणु ुपोजिटिभु देखिएको थियो । साइनिङ अस्पताल पश्चिम क्षेत्रमा कुष्ठरोगको निदान र उपचारका लागि रेफरल सेन्टरको रुपमा विकास भएको छ ।

अस्पतालले बहिरंग सेवामार्फत १८ हजार ९ सय ८ जनालाई सेवा प्रदान गरेको जनाएको छ । जसमा कुष्ठरोग सम्बन्धि समस्या लिएर आएका २ हजार ७ सय ८४ तथा छालाजन्य समस्या भएका १६ हजार १ सय २४ जना रहेका थिए । अन्तरंगतर्फ १६४ जना विरामीलाई भर्ना गरेर उपचार गरिएको अस्पताल प्रमुख थारुले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँके प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, खजुरा गाउँपालकाका अध्यक्ष डम्बर बहादुर विक, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक रविन्द्र कुमार शाह लगायतले साइनिंग अस्पतालले कुष्ठरोग एवम् छालाजन्य रोगहरुको निदान र उपचारसंगै सचेतना प्रबद्र्धनमा महत्वपूर्ण भूमिका निभाइरहेको बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : ०० बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम