बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल बहुविबाहको आरोपमा पक्राउ परेका छन् । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल उनकै श्रीमतीले दिएको बहुविवाह कसुरको उजुरीका आधारमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा म्याद थपेर राखिएको छ ।
उनकी श्रीमतीको श्रीमानले बहुविबाह गरेको भन्दै उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । आफु विरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाए लगत्तै डीएसपी नेपाल आफै जिल्ला प्रहरी कार्यालय भैरहवा पुगेर गिरफ्तारी दिएको प्रहरीले जनाएको छ ।
नेपाल विरुद्ध प्रहरी संगठनकै असई पदमा कार्यरत महिला प्रहरीसँग दोस्रो विबाह गरेको आरोपमा उनकै श्रीमतीले जाहेरी दिएको बताइएको छ । प्रहरी संगठनकै कर्मचारीसँग दोस्रो विबाह भएको भन्ने उजुरी आएपछि पक्राउ पुर्जी लिएर पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।
नेपालमाथि ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको उनले बताए । उनले बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको जनाउँदै उजुरीमा भनिएको प्रहरी कर्मचारीको खोजी भइरहेको बताए ।


















प्रतिक्रिया