काठमाडौं । नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिवालय बैठक आज दिउँसो १ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव तथा महाधिवेशन सञ्चालनका मोडालिटीबारे विस्तृत छलफल हुने बताइएको छ ।
सचिवालयका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको सङ्ख्या बढाउने प्रस्ताव बैठकमा पेस गर्न तयारी गरिएको छ । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नजिकको समूहले विगतको महाधिवेशनले गरेका निर्णय उल्ट्याउन नहुने अडान लिएको छ, जसले प्रस्तावमा बहस चर्किने संकेत देखिएको छ ।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोहसँगै सुरु हुनेछ ।


















प्रतिक्रिया