२६ मंसिर २०८२, शुक्रबार | December 12, 2025

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति



घोराही । यहाँको राप्ती गाउँपालिका-२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण रु ६७ लाख मूल्य बराबरकोे क्षति भएको छ ।

आज बिहान भएको आगालागीका कारण एउटा ट्रस्ट भवनसहित ठूलासाना मेसिन र टायल तथा इन्टरलक जलेर नष्ट हुँदा रु ६७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन ।

आगलागीका कारण फोहर व्यवस्थापनका लागि बनाइको घरसमेत जलेको छ । यसअघि राप्ती गाउँपालिकाले यहाँ फोहर व्यवस्थापन गर्दै आएको थियो ।

यहाँ गढवाको दमकल, राप्ती गाउँपालिकाको मिनी दमकल, डोजरको सहयोगमा करिब दुई घण्टामा आगो निभाइएको थियो । आगलागीको कारण पहिचान हुन नसकेको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ३ : ४१ बजे

लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना भएको

बुटवलमा एलपिजी ग्यास प्रयोग सम्बन्धि गृहिणीहरुलाई आधारभूत प्रशिक्षण

बुटवलमा एलपिजी ग्यास प्रयोग सम्बन्धि आधारभूत प्रशिक्षण गरिएको छ ।

सिद्धार्थ भोजनालय शुभारम्भ

बुटवल । दैनिक युवाहरुमा विदेश मोह देखिएको छ । यस्तो

औद्योगिक प्रदर्शनीमा स्वदेशी उद्योग सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता

बुटवल । रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म