२६ मंसिर २०८२, शुक्रबार | December 12, 2025

महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छ : उपाध्यक्ष पाण्डे



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अबको महाधिवेशनबाट कम्तीमा पनि २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्ने बताएका छन ।

आज यहाँ पार्टीको ११ औँ महाधिवेशनका सन्दर्भमा आयोजित युवा भेला कार्यक्रममा उनले पार्टीमा नाम टाँसेर कमिटी बनाउने प्रवृत्ति हुर्किएकाले त्यसलाई विस्थापित गर्दै कार्यकर्ताबाटै नेता छान्ने प्रवृत्तिको विकास गर्न सक्नुपर्नेमा जोड दिए ।

उपाध्यक्ष पाण्डेले भने, “अबको महाधिवेशनबाट कमसेकम २० प्रतिशत युवासमेत केन्द्रीय कमिटीमा ल्याउन आफूहरूले लडाइँ गरिरहेका छौँ । युवालाई नेतृत्वमा सहभागी गराउनुपर्छ । युवाको शक्तिविना अब पार्टी राम्रोसँग चल्न सक्दैन । युवाको शक्तिबाट पाकाहरूको अनुभवसहितको शक्तिशाली पार्टी निर्माण गर्न आवश्यक छ ।”

उनले प्रतिस्पर्धाद्वारा श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवाद (जबज) को मूल मान्यता रहेकासमेत जिकिर गरे ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ४ : ०६ बजे

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा

काठमाडौँ । विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना

बुटवलको मिलनचोकमा खुल्यो ‘कृषि उद्योग मार्ट’, स्वदेशी कृषि सामग्री एकै ठाउँमा

बुटवल । कृषि औजार तथा विभिन्न कृषि सामग्री एकै ठाउँमा

फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ : नेतृ भुसाल

दमौली । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले

एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा

लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना भएको