काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभाबाट १२.५० प्रतिशत लाभांश पारित गरेको हो । कम्पनीले १० प्रतिशत नगद र २.५० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर वितरण गरेपछि कम्पनीको जारी पुँजी र चुक्ता पुँजीमा वृद्धि भई जारी तथा चुक्ता पुँजी ५ अर्ब ५९ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरेको छ ।
बार्षिक साधारणसभाको निर्णय बमोजिम बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी पुँजी र चुक्ता पुँंजीमा बृद्धि भई जारी तथा चुक्ता पुँंजी पाँच अर्ब ५९ करोड ३२ लाख २८ हजार कायम हुने पनि कम्पनीले जनाएको छ ।


















प्रतिक्रिया