१४ चैत्र २०८२, शनिबार | March 29, 2026

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत



काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि महाधिवेशन स्थलबाट रुंदै बाहिरिएका भनिएका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल मार्फत केपी ओलीको प्यानलको पक्षमा मत मागेका छन् ।

उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाल मार्फत अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर शानदार मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका छन् ।

उनले महाधिवेशन केवल संगठनात्मक प्रक्रियामा सीमित नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका लागि समेत दूरगामी अर्थ राख्ने ऐतिहासिक क्षण भएको पनि उल्लेख गरेका छन् ।

नेता ज्ञवालीले आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवार रहेको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरेका छन् । “म सधैँ कमरेडहरूकै बीचमा छु र भविष्यमा पनि त्यहीँ रहनेछु,” उनले लेखेका छन् ।

पार्टीको महासचिव पदका आकाँक्षि ज्ञवालीलाई महासचिवमा उठाउन ओलीले स्वीकार नगरेपछि उनी ओलीले दिएको उपाध्यक्षको प्रस्ताव अस्विकार गर्दै महाधिवेशन स्थलबाट बाहिरिएका थिए । महाधिवेशनको उदघाटन सत्रमा महासचिवले संचालन गर्ने गरिएको कार्यक्रमलाई ज्ञवालीलाई संचालन गर्न दिएर महासचिव शंकर पोखरेलले स्वागत भाषण गरेपछि ज्ञवालीलाई महासचिव र पोखरेललाई उपाध्यक्षको उम्मेदवार बनाउने आँकलन गरिएको थियो ।

सामान्यतया औपचारीक कार्यक्रमहरु महासचिवले संचालन गर्ने र वरिष्ठतम् उपाध्यक्षले स्वागत गर्ने परम्परा रहेपनि एमाले महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई बोल्नबाट रोकेर महासचिव पोखरेलले स्वागत भाषण गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १० : २१ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको