काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका लागि पुनः समय थप भएको छ । मध्यराति १२ बजे सम्म मतदान स्थलमा प्रवेश गरेका मतदातालाई मतदान गर्न दिनेगरि समय थप भएको हो ।
उमाले निर्वाचन आयोगका अनुसार १० बजेसम्म १२ सय ८२ मत खसेको छ । निर्वाचनमा राति १० बजेसम्म १२ सय ८२ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । मतदान सकिन अझै १० घण्टा लाग्नसक्ने उनले अनुमान गरे ।
सुरुमा ५ बजे सम्म समय निर्धारण गरिएकोमा थप गरेर ८ बजे बनाइएको थियो । यसअघि साँझ ८ बजेसम्म प्रवेश गर्न दिइएको अनुमतिको समय बढाएर १० बजेसम्मका लागि पुर्याइएको थियो । अहिले पुनः समय थप्दै १२ बजे सम्मका लागि समय सारिएको हो ।
एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।



















प्रतिक्रिया