३ पुस २०८२, बिहिबार | December 18, 2025

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी



काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ । निर्वाचन आयोगले बिहान ८ बजेदेखि मतगणना सुरु गरी साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलका अनुसार कानुनी प्रक्रिया पूरा गर्न केही समय लागे पनि निर्धारित समयमै परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको छ । “कानुनी प्रक्रियाको पूर्णताका लागि केही समय लाग्न सक्छ, तर हाम्रो लक्ष्य साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने नै हो,” उनले बताए ।

निर्वाचन आयोगका अनुसार मतगणनामा करिब ३ देखि ४ घण्टा समय लाग्ने अनुमान गरिएको छ । निर्वाचनमा कुल २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको छ भने ३६ जना विभिन्न कारणले मतदानमा सहभागी हुन सकेनन् ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा रहेको छ । यस्तै, पार्टीको शक्तिशाली पद मानिने महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच प्रतिष्पर्धा भइरहेको छ । मतगणनासँगै एमालेको नयाँ नेतृत्वको टुंगो लाग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ८ : ०४ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका