११ चैत्र २०८२, बुधबार | March 25, 2026

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि



काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ मत खसेको छ भने ३६ प्रतिनिधि मतदानमा सहभागी भएनन् । यसरी महाधिवेशनमा ९८.०४ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार केही प्रतिनिधि स्वास्थ्यका कारण उपस्थित हुन सकेनन् भने केही प्रतिनिधि मतदानका लागि नै नआएकाले ३६ मत खस्न सकेन । आयोगका अनुसार मतदानमा सहभागी नहुने प्रतिनिधिहरू विभिन्न केन्द्रीय संरचना, आयोग, विभाग तथा महाधिवेशन प्रतिनिधिबाट रहेका छन् ।

मतदान नगर्ने केन्द्रीय कमिटीका सदस्यहरूमा मुकुन्द न्यौपाने, वसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता र हरिबहादुर राजवंशी रहेका छन् ।

अनुशासन आयोगबाट पोष्टकुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी र प्रदीप प्याकुरेल (सुशील) मतदानमा अनुपस्थित रहे । यस्तै, निर्वाचन आयोगका समीर नेपाल र रचना राजोपाध्याय तथा लेखा आयोगका अशोक केसीले पनि मतदान गर्न सकेनन् ।

विभागतर्फ धनश्याम कोइराला र सञ्जीव रोकाहाले मतदान नगरेको आयोगले जनाएको छ ।

महाधिवेशन प्रतिनिधितर्फ झापाकी कृष्णमाया भुजेल, बाराकी लक्ष्मी यादव, सिरहाका शत्रुधन प्रसाद सिंह, पर्साका राजेन्द्रप्रसाद यादव, अशु आनन्द र मनोजकुमार गुप्ता, सप्तरीका विजय कापर, महोत्तरीका जितेन्द्र चौधरी, दानबहादुर विक, बब्लु शिवाकोटी, प्रवासबाट सिर्जना नेपाली, अषिम कोइराला, दिनेश बास्तोला, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मीना पोख्रेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल र गोमा नेपाली मतदानमा सहभागी हुन सकेनन् ।

निर्वाचन आयोगका अनुसार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । अब विद्युतीय भोटिङ मेसिनमार्फत खसेका मतको गणना गरी महाधिवेशनबाट एमालेको नयाँ नेतृत्व चयन हुने छ ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ८ : ११ बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

नेपाली बजारमा ‘एथर रिज्टा एस’ आउँदै, ३ लाखभित्र मूल्य हुने संकेत

बुटवल । वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल