काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
मतगणनाको दोस्रो चरणको विवरणअनुसार ओलीले ३३३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत पाएका छन्।
महासचिव पदमा शंकर पोखरेलले पनि अग्रता कायमै राखेका छन्। १६ वटा बुथको गणना सकिँदा शंकर पोखरेलले २४९ मत हासिल गरेका छन् भने अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन्।
उपमहासचिवमा लेखराज भट्टले सबैभन्दा बढी २९३ मत पाएका छन् । दोस्रो नम्वरमा रघुवीर महासेठले २६७ र तेस्रोमा योगेश भट्टराईले २६४ मत पाएका छन् । विष्णु रिमाल भने २२० मतसहित चौथोमा छन् ।
उपाध्यक्षमा ईश्वर पोखरेल प्यानलका गोकर्णराज विष्टले स्थान बनाउन सकेका छन् । पाँच जना उपाध्यक्षमध्ये अन्य चार स्थानमा भने केपी शर्मा ओली पक्षका उम्मेदवारहरू अघि देखिएका छन्।



















प्रतिक्रिया