११ चैत्र २०८२, बुधबार | March 25, 2026

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र



काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

मतगणनाको दोस्रो चरणको विवरणअनुसार ओलीले ३३३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत पाएका छन्।

महासचिव पदमा शंकर पोखरेलले पनि अग्रता कायमै राखेका छन्। १६ वटा बुथको गणना सकिँदा शंकर पोखरेलले २४९ मत हासिल गरेका छन् भने अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत पाएका छन्।

उपमहासचिवमा लेखराज भट्टले सबैभन्दा बढी २९३ मत पाएका छन् । दोस्रो नम्वरमा रघुवीर महासेठले २६७ र तेस्रोमा योगेश भट्टराईले २६४ मत पाएका छन् । विष्णु रिमाल भने २२० मतसहित चौथोमा छन् ।

उपाध्यक्षमा ईश्वर पोखरेल प्यानलका गोकर्णराज विष्टले स्थान बनाउन सकेका छन् । पाँच जना उपाध्यक्षमध्ये अन्य चार स्थानमा भने केपी शर्मा ओली पक्षका उम्मेदवारहरू अघि देखिएका छन्।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ११ : २१ बजे

नेपाली बजारमा ‘एथर रिज्टा एस’ आउँदै, ३ लाखभित्र मूल्य हुने संकेत

बुटवल । वैद्य इनर्जी प्रालिले नेपालका लागि एथरको नयाँ इलेक्ट्रिक

चितवनमा चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका