दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति करिब ९ बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । सुपप्र ०१००१ च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मार्मा गाउँपालिका-६ निवासी केशवराज जोशीको घटनास्थलमै मृत्यु भएको छ । जीप चालक माधव महरा घाइते भएका छन् । घाइते महराको लटिनाथ स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
चालकसहित दुई जना मात्रै सवार रहेको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



















प्रतिक्रिया