१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते



दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति करिब ९ बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । सुपप्र ०१००१ च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मार्मा गाउँपालिका-६ निवासी केशवराज जोशीको घटनास्थलमै मृत्यु भएको छ । जीप चालक माधव महरा घाइते भएका छन् । घाइते महराको लटिनाथ स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चालकसहित दुई जना मात्रै सवार रहेको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ७ : ४१ बजे

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष