१८ चैत्र २०८२, बुधबार | April 1, 2026

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार



काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव २७ अङ्कले बढेर दुई हजार ५८४ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।

आज ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ९२ हजार ७४६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १०, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन, शून्य दशमलव १०, जलविद्युत् शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १७ र अन्य समूह एक दशमलव २८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क शून्य दशमलव १६, लगानी शून्य दशमलव ३४, जीवन बीमा शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ११ र निर्जीवन बीमा शून्य दशमलव १६ प्रतिशतले घटेको हो ।

एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै सात दशमलव ०१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको रू ३० करोड ९८ लाख १७ हजार ३०८ बराबरको तीन लाख ९१ हजार ३७१ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ३ : ५४ बजे

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा