१० पुस २०८२, बिहिबार | December 25, 2025

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील



काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले प्रभावित जनतालाई तत्काल सहयोग पुर्‍याउन अपील गरेका छन्।

संयोजक प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा विशेषगरी गरीब तथा सीमान्तीकृत वर्गका नागरिकहरू यस अवस्थाबाट बढी पीडित भएको उल्लेख गर्दै कुनै पनि मानवीय क्षति तथा स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्य अवलम्बन गर्न आग्रह गरेका छन्।

उनले संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई समन्वयात्मक रूपमा तत्काल राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका छन्। साथै प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत वितरणलगायतका कार्यहरू प्रभावकारी रूपमा अघि बढाउन पार्टीका सबै सम्बन्धित समितिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशनसमेत दिएका छन्।

देशका विभिन्न स्थानमा बढ्दो चिसो र हिमपातका कारण दैनिक जनजीवन प्रभावित भइरहेको अवस्थामा संयोजक प्रचण्डको यो अपील आएको हो।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ६ : ३६ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न