२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील



काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले प्रभावित जनतालाई तत्काल सहयोग पुर्‍याउन अपील गरेका छन्।

संयोजक प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा विशेषगरी गरीब तथा सीमान्तीकृत वर्गका नागरिकहरू यस अवस्थाबाट बढी पीडित भएको उल्लेख गर्दै कुनै पनि मानवीय क्षति तथा स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्य अवलम्बन गर्न आग्रह गरेका छन्।

उनले संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई समन्वयात्मक रूपमा तत्काल राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका छन्। साथै प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत वितरणलगायतका कार्यहरू प्रभावकारी रूपमा अघि बढाउन पार्टीका सबै सम्बन्धित समितिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशनसमेत दिएका छन्।

देशका विभिन्न स्थानमा बढ्दो चिसो र हिमपातका कारण दैनिक जनजीवन प्रभावित भइरहेको अवस्थामा संयोजक प्रचण्डको यो अपील आएको हो।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ६ : ३६ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र