१ चैत्र २०८२, आइतबार | March 15, 2026

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले



सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार राति भएको आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् भने चार घरमा ठूलो क्षति पुगेको छ ।

आगलागीमा परी स्थानीय लैबा फडेरा र बम्बु फडेरा गम्भीर रूपमा जलेका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला, सिमकोटमा पठाइएको सर्केगाड गाउँपालिका-२ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिए । घाइते दुवै जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

आगलागीका कारण स्थानीय लैबा फडेरा, जयराम फडेरा र छिरिङ फडेराको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने रमेश महताराको घरमा पनि ठूलो क्षति पुगेको छ । घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न तथा अन्य सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु श्रेष्ठका अनुसार आगलागी राति करिब ११ बजेतिर सुरु भएको थियो । रातिको समय र दुर्गम भौगोलिक अवस्थाका कारण आगो नियन्त्रण गर्न कठिनाइ भएको उनले बताए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको जनाइएको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको र घटनास्थलमा थप सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ८ : ०४ बजे

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज