१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड



बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सहकारीका सञ्चालकहरुलाई साईवर सुरक्षा, सहकारीमा डिजिटलाइजेसनको महत्वबारे जानाकारी दिने उद्देश्यले डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रमेश आचार्यले अहिलेको प्रविधिको युगलाई आत्मसाथ गर्दै सहकारीहरु अघि बढ्नुको विकल्प नभएको बताए । काममा छरितो, पारदर्शीता एवं मितव्यीयताका निम्ती प्रविधिले धेरै सहज बनाएको भन्दै उहांले काम गर्ने क्रममा साईवर सुरक्षालाई ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै इन्फोडेभलपर्स प्रा.लि सिईओ प्रजय नेपालले आजको परिवेशमा सहकारी क्षेत्रको डिजिटल रुपान्तरण अपरिहार्य रहेको बताए । अन्तर्राष्ट्रिय सहकारी आन्दोलनको लक्ष्य अनुसार पनि सहकारी गतिविधि हरु पूर्ण डिजिटल प्रणाली तर्फ अगाडि बढ्न अति आवश्यक रहेको बताए । उनले केवल प्रविधि प्रयोग गर्नु मात्रै प्रयाप्त नभएको भन्दै डाटाको सुरक्षा, डिजिटल सचेतना र जिम्मेवार प्रयोग विना डिजिटल रुपान्तरण सम्भव नहुने बताए ।

२४ वर्षदेखि डिजिटल वर्डमा निरन्तर अग्रसर रहदै आएको ईन्फोडेभलपर्स प्रा।लिले नेपालका अलवा म्यानमार, भुटान र युएसएमा समेत सेवा दिदै आएको छ । नेपालमा मात्र यस प्रा।लिले नेपाल सरकारका ४५ भन्दा बढि एजेन्सी, ५० बढि बैंक एवं १ हजार ५ सय बढि सहकारीहरुलाई आफ्नो सेवा विस्तार गरेको छ ।

कार्यक्रममा बिकु सहकारीका सिईओ माधब पौडेल, जनउत्थान सहकारीका सिईओ रन बहादुर थापा, साइबर सुरक्षा विज्ञ बासुदेव राउत र नेपाल बैंक लिमिटेको म्यानेजर सन्तोष शर्माले बोलेका थिए । सो अवसरमा लामो समय सम्म सफ्टवर्यर प्रयोग गरेका २१ सहकारीलाई अंकुर ईन्फोटेक प्रा.लिका प्रबन्ध निर्देशक रमेश पाण्डे, निर्देशक माधव पराजुली र सन्जिव मानन्धरले सम्मान गरेका थिए ।

कार्यक्रम डा.आविश्कार पराजुली सञ्चालन, जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीको स्वागत तथा ईन्फो डेभलपर्सका डाईरेक्ट अविन्द्र प्रधानले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा विभिन्न सहकारी सञ्चालक समिति, प्रबन्धक, कर्मचारी गरी ४ सय भन्दा बढिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ५ : २६ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल