१२ पुस २०८२, शनिबार | December 27, 2025

बसन्तको बखानमाथि बुटवलमा छलफल



बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान बखानका बारेमा बुटवलमा छलफल गरिएको छ ।

बुटवलमा लेखक र पाठकका बीचमा बखान पुस्तकका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा लेख पराजुलीले पुस्तकमा बखानसिंह गुरुङको जीवनकथाका साथसाथै चितवनको बस्ती विकास, सहकारी अभियानको आरम्भ र नेपालको प्रजातान्त्रिक आन्दोलनका विषयहरु रोचक ढंगले प्रस्तुत गरिएको बता ए।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष समेत रहेका उनले बखानसिंह गुरुङको सैनिकदेखि मन्त्री हुँदासम्मका उवडखावड यात्रा, पारिवारिक विछोड र राजनीतिक टकराव समेटेर आख्यानका रुपमा प्रस्तुत गरेको बताए ।

‘पुस्तकमा बखानसिंहको बखानमात्रै छैन, त्यसबेलाको भौगोलिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र सामाजिक पाटा पनि छन्- उनले भने- बखानसिंहलाई केन्द्रमा राखेर २००७ सालदेखि २०४० सालसम्मका प्रमुख राजनीतिक घटनाक्रमलाई समेटिएको छ ।’ पुस्तकमा चितवनको बस्ती विकास, चितवन राष्ट्रिय निकुञ्जको स्थापना, त्यहाँ गरिएका सिकार, थारु जातिको जीवनशैली र मलेरियासँग जुधेर बाँचेका थारुहरुको जीवन्त चित्रण गरिएको छ ।

पत्रकार महासंघ रुपन्देहीका सचिव सीपी खनालको सहजीकरण र हिमालय बुक हाउसका सञ्चालक माधव गौतमको धन्यवाद ज्ञापनमा भएको कार्यक्रममा पाठकहरुले राखेका जिज्ञासाको जवाफ दिदै लेखक पराजुलीले पुस्तकले राजा महेन्द्रको मृत्यु, राष्ट्रिय निकुञ्जका जनावर र ती जनावरबारेका रोचक प्रसंगहरु उल्लेख गरिएको बताए ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ५ : ५९ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको