काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी पार्टी एकता गर्ने सहमति भएको छ । घिसिङ रास्वपाको उपसभापतिसहित दोस्रो वरीयतामा रहने गरि सहमति भएको हो ।
घिसिङको सचिवालयका अनुसार १६ प्रतिशत बढी समानुपातिकको हिस्सा लिने गरी सोमबार रास्वपा सभापति रवि लामिछाने र घिसिङबीच सहमति भएको हो ।
पार्टी सभापतिमा लामिछाने र प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको छ । उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग सोमबार काठमाडौंमा पछिल्लो छलफलबाट उनहिरुबीच सहमति जुटेको हो ।
एकता र सहमतिको ड्राफ्ट तयार हुँदै गरेको र आजै सहमतिपत्रमा हस्ताक्षर हुने स्रोतहरुले दाबी गरेका छन् । जेनजी आन्दोलनपछि उदाएका सुदन गुरुङले आजै अपरान्ह सामाजिक सञ्जालमा रवि र कुलमानको फोटो पोष्ट गर्दै मिलाएरै छाडेको दाबी गरेका थिए ।




















प्रतिक्रिया