१ चैत्र २०८२, आइतबार | March 15, 2026

रास्वपाले चार कलाकारलाई समानुपातिक उम्मेदवार बनायो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ चार जना कलाकारलाई उम्मेदवार बनाएको छ । पार्टीले कला, संस्कृति र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई राजनीतिक मूलधारमा ल्याउने उद्देश्यसहित कलाकारहरूलाई उम्मेदवार बनाएको जनाएको छ ।

रास्वपाले गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेता तथा रियालिटी शो प्रस्तोता आशिफ शाह, गायिका तथा रियालिटी शो प्रस्तोता रिमा विश्वकर्मा र गायिका सत्यकला राईलाई समानुपातिक बन्दसूचीमा समेटेको हो ।

पार्टीले सार्वजनिक गरेको विवरणअनुसार आशिफ शाह मुस्लिम समुदायबाट, सत्यकला राई जनजाति कोटाबाट तथा प्रकाश सपूत र रिमा विश्वकर्मा दलित क्लस्टरबाट समानुपातिक उम्मेदवारका रूपमा सूचीकृत छन् । रिमा विश्वकर्मा यसअघि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी छन् ।

रास्वपाले सांस्कृतिक, सामाजिक तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई राजनीतिमा ल्याएर समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखेको बताउँदै आएको छ । कलाकारहरूलाई उम्मेदवार बनाउनु पार्टीको ‘नयाँ सोच, नयाँ अनुहार’ भन्ने नारासँग मेल खाने कदमका रूपमा हेरिएको छ ।

यसअघि पनि रास्वपाले विभिन्न पेसा र क्षेत्रबाट प्रतिनिधित्व हुने गरी उम्मेदवार चयन गर्दै आएको छ । पार्टीको यो निर्णयले राजनीतिमा कला र संस्कृतिको भूमिकालाई थप स्थापित गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ८ : १४ बजे

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी