१५ पुस २०८२, मंगलबार | December 30, 2025

प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।

तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गरेकी हुन् ।

प्रधानमन्त्रीले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, “यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् । सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् ।”

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १० : ०५ बजे

कांग्रेसले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची मंगलबारबिहान मात्र निर्वाचन

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

राजविराज । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन

मेची भन्सार : पाँच महिनामा तीन अर्ब ८० करोड राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

शीतलहरका कारण सडक चिप्लो भएपछि दाउन्नेमा सवारी ठप्प, पूर्व-पश्चिम राजमार्गमा लामो जाम

बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने

प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र