१७ पुस २०८२, बिहिबार | January 1, 2026

आज काठमाडौं उपत्यकामा यस वर्षकै न्यून तापक्रम



काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तापक्रम क्रमिक रूपमा घटिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार पुस १७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस वर्षकै सबैभन्दा कम हो ।

महाशाखाले आउँदा दिनहरूमा तापक्रम अझै घट्ने सम्भावना रहेको जनाएको छ । यसअघि बुधबार हिजो काठमाडौंको न्यूनतम तापक्रम ४.९ र मंगलबार पुस १५ गते ४.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाडौंमा हालसम्मकै सबैभन्दा कम तापक्रम सन् १९७८ जनवरी ११ मा –३.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

महाशाखाका अनुसार जुम्लामा सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ । बिहीबार जुम्लाको न्यूनतम तापक्रम –४.१ डिग्री सेल्सियस रहेको छ ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराईका भूभागमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले दैनिक मौसमी अद्यावधिक सूचना लिन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत सार्वजनिक गरिँदै आएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ९ : ५९ बजे

सुनचाँदीको मूल्य बिहीबार पनि घट्यो

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु साझा दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए

भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी

आज काठमाडौं उपत्यकामा यस वर्षकै न्यून तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तापक्रम क्रमिक रूपमा घटिरहेको छ