२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु साझा दायित्व : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संकटको सकारात्मक निकासका लागि निर्वाचन सुनिश्चित गर्नु आवश्यक रहेको बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु साझा दायित्व भएको बताएका हुन् ।

प्रचण्डले तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको महत्वपूर्ण आवश्यकता बनेको जिकिर गरेका छन् ।

उनले वर्ष सन् २०२५ मा जेन-जी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ अध्यायको संकेत गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यसले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको छ। साथै, संविधान निर्माणका बेला तत्कालीन शक्ति–सन्तुलनका कारण फरक मतका रूपमा अघि सारिएका हाम्रा एजेन्डाहरूको औचित्य पनि यसले पुष्टि गरेको छ। यो तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकता आजको महत्वपूर्ण आवश्यकता बनेको छ। वर्तमान संकटको सकारात्मक निकासका लागि राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो।’

प्रचण्डले देश र जनताप्रतिको जिम्मेवारीप्रति सचेत रहँदै नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षासहित सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्दै अघि बढिरहेको जनाएकाछन् । यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबीचको संघर्ष अझै जारी रहेको बताउँदै उनले जिम्मेवार ढंगले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रचण्डले भनेका छन्, ‘विगतका अनुभवहरूबाट हामीले महत्वपूर्ण पाठहरू सिकेका छौँ। अब ती कमजोरीहरू नदोहोरिने गरी लोकतन्त्र, सुशासन र जनउत्तरदायी राज्य व्यवस्था सुदृढ बनाउनु हाम्रो साझा लक्ष्य हुनुपर्छ। विचार, एजेन्डा र निरन्तर सक्रिय नेतृत्वका आधारमा नेपाली कम्युनिस्ट पार्टीले मात्रै अग्रगामी परिवर्तनमा प्रभावकारी नेतृत्वदायी भूमिका खेल्न सक्छ भन्ने मेरो दृढ विश्वास छ।’

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउँदै सामाजिक न्याय, आर्थिक समृद्धि र युवा सशक्तीकरणलाई प्राथमिकतामा राखेर हामी समृद्धिसहित समाजवादको यात्रा तय गर्न सक्ने बताएका छन्। नयाँ वर्षले हामी सबैलाई विगतका कमजोरीबाट पाठ सिकेर अझ मजबुत रूपमा अघि बढ्ने अवसर प्रदान गर्ने उनले विश्वास गरेका छन् ।

 

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  १० : २० बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र