२२ पुस २०८२, मंगलबार | January 7, 2026

भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माणको तयारी



सुर्खेत । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटका २६ विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको छ । स्थानीय तहको सिफारिसमा भौतिक संरचना प्रदेश सरकारले बनाउन लागेको हो ।

भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माण गर्न १२ करोड ७० लाख रकम दिने निर्णय भएको पूर्वाधार विकास महाशाखाका सिनियर डिभिजनल इन्जिनियर प्रेमबहादुर ओलीले जानकारी दिए ।

चालु आर्थिक वर्षभित्र निर्माण गर्ने उद्देश्यका साथ २१ विद्यालय र पाँच स्वास्थ्य भवन निर्माण गर्न बजेट उपलब्ध भएको उनले जानकारी दिए ।

सात स्थानीय तहमा भूकम्पबाट भत्किएका विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको थियो । बारेकोट गाउँपालिकामा बारेकोट-१ को हिमालयदेवी विद्यालय, वडा नम्बर ३ को जनप्रिय आधारभूत विद्यालय स्याला मुलसाम, वडा नम्बर ४ को हिमालय आधारभूत विद्यालय गोठगाउँ र वडा नम्बर ८ को विश्व आधारभूत विद्यालय सेपुखोला निर्माण गर्ने निर्णय भएको छ ।

त्यसैगरी, नलगाड नगरपालिका-१ को जन आदर्श प्राथमिक विद्यालय ज्ञानेचौर, वडा नम्बर ९ को जनस्वास्थ्य प्राथमिक विद्यालय बासकोट र वडा नम्बर ४ को भानुभक्त माध्यमिक विद्यालय, भेरी नगरपालिका-२ को शङ्कर भवन माध्यमिक विद्यालय बाहुनथाना, वडा नम्बर १ को शिव माध्यमिक विद्यालय कालेगाउँ, छेडागाड नगरपालिका-१ को पिपलचौतारी आधारभूत विद्यालय, वडा नम्बर ८ को पशुपति आधारभूत विद्यालय रौतनगाउँ, वडा नम्बर ३ को सरस्वती आधारभूत विद्यालय चुवादेवली तथा कुशे गाउँपालिका-६ को जनविकास प्राथमिक विद्यालय घरङ्ग र वडा नम्बर ४ को धारापानी आधारभूत विद्यालय बनाउने निर्णय भएको छ ।

शिवालय गाउँपालिका-७ चन्द्रज्योति आधारभूत विद्यालय लयलकाडा, वडा नम्बर २ को इन्द्रज्योति आधारभूत विद्यालय, जुनिचाँदे गाउँपालिका-६ को मालटाकुरा प्राथमिक विद्यालय वडासेना, वडा नम्बर २ को महादेव प्राथमिक विद्यालय, वडा नम्बर ४ को जनशक्ति प्राथमिक विद्यालय, वडा नम्बर ११ को महेन्द्र माध्यमिक विद्यालय तथा वडा नम्बर ३ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय निर्माण गरिने भएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ८ : ५४ बजे

सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दश बुँदे ‘सर्कुलर’ जारी

काठमाडौँ । गृह मन्त्रालयले तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक

नेपाली कम्युनिष्ट पार्टीमा २४९९* जना केन्द्रीय सदस्य, पुस २९ गते शपथ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस २९ गते केन्द्रीय

बाँकेमा घृणा, द्वेष र उत्तेजना फैलाउने कर्ममा संलग्नलाई कानुनी दायरामा ल्याएर दण्डित गरिने

नेपालगन्ज । बाँकेमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा घृणा, द्वेष

देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकभित्रको आर्थिक गतिविधिलाई संरक्षण र

निर्वाचनमा कुनै गठबन्धन हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न