१६ चैत्र २०८२, सोमबार | March 31, 2026

ओलीको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन, चुनावी कमाण्डर रामबहादुर



काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको छ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले घोषणापत्र मस्यौदा समिति निर्माण गर्ने निर्णय गरेको हो। उपमहासचिव लेखराज भट्टका अनुसार मस्यौदा समितिमा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्।

त्यसैगरी बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ। उक्त समितिमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिस्म अधिकारी सदस्य रहेका छन्।

यस्तै, सचिवालय बैठकले प्रदेश तथा निर्वाचन संयोजकहरू पनि तोकेको छ। प्रदेश र निर्वाचन दुवैको समन्वय गर्ने गरी जिम्मेवारी दिइएको उपमहासचिव भट्टले जानकारी दिए। जसअनुसार कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, काठमाडौं उपत्यका (राजधानी)मा डा. राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्ना रहेका छन् । संगठन विभागको नेतृत्व भानुभक्त ढकाललाई दिइएको छ ।

 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : १८ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित