२३ पुस २०८२, बुधबार | January 8, 2026

सहसचिव प्रदीप परियारसहित ७ जनालाई विशेषले दियो सफाइ



काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। सफाइ पाउने अन्यमा काठमाडौं महानगरपालिकाका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल तथा इञ्जिनियर जर्नादन गिरी रहेका छन् ।

ढल निर्माणमा अनियमितताको आरोप लागेका परियारसहितकाहरुलाई विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले मंगलबार सफाई दिएको हो । अदालतले अभियोग दाबी पुष्टि हुन नसकेको ठहर गर्दै सबै प्रतिवादीहरूलाई आरोपबाट सफाइ दिएको जनाएको छ।

सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेँपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सहसचिव परियार भ्रष्टाचार मुद्दा दर्ता हुँदा सूचना तथा प्रसारण विभागका महानिर्देशकको जिम्मेवारीमा थिए।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ७ : ५९ बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

११५ दिन मन्त्री हुँदाको प्रगति विवरण सुनाउँदै सरकारबाट हटे कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौं । मन्त्रीपदबाट राजीनामा दिएर सिधै पत्रकार सम्मेलन गरेका कुलमान

ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै