२४ माघ २०८२, शनिबार | February 7, 2026

मशलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २८ औँ साधारणसभा रुपन्देहीमा हुने, कर प्रणालीको जटिलता हटाउन माग



बुटवल । नेपाल मशलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित साधारणसभाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले मशलन्द तथा शैक्षिक सामाग्री उद्योग देशको शिक्षा, प्रशासनिक व्यवस्था र औद्योगिक विकासको आधारस्तम्भ भएको बताए । उनले स्वदेशी उद्योगको प्रवद्र्धन नगरी आर्थिक समृद्धि सम्भव नहुने बताउनै उद्योगी व्यवसायीले भोग्दै आएका समस्या समाधानमा तीनै तहका सरकारहरु सहकार्य गरि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

साधारणसभामा स्वागत मन्तव्यसंगै संघको अवधारणा राख्दै बरिष्ठ उपाध्यक्ष मेख बहादुर अधिकारीले कच्चा पदार्थ आयातमा निर्भरता, कर प्रणालीको जटिलता, उत्पादन लागत वृद्धि, बजार व्यवस्थापन तथा नीतिगत अस्थिरता उद्योग क्षेत्रका मुख्य समस्या रहेको बताए । ती समस्याको समाधानका लागि संघ, सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उनको जोड थियो ।

कार्यक्रममा संघको विकास र सुदृढीकरणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै संघका पूर्व अध्यक्ष हरि प्रसाद भण्डारी, रामेश्वर पराजुली तथा निमनाथ फुयाललाई सम्मान गरिएको थियो ।

साधारणसभामा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरूबीच विस्तृत छलफल गरिएको थियो । सभाले उद्योग क्षेत्रलाई आत्मनिर्भर बनाउने, गुणस्तरीय उत्पादनमा जोड दिने, सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने लगायतका विषयहरू उठान गर्दै आगामी कार्यकालका नीति तथा कार्यक्रमहरू पनि सर्वसम्मत रूपमा पारित गरेको छ ।

संघका प्रचार प्रसार विभाग संयोजक कमल नेपालका अनुसार साधारणसभाले मशलन्द तथा शैक्षिक सामाग्री उद्योगको भविष्य दिशा तय गर्ने विषयमा महत्वपूर्ण निर्णयहरु गरेको बताउदै समाधानका लागि एकजुट भएर अघि बढ्ने प्रतिवद्धता जनाएको बताए ।

साधारणसभाले संघले उद्योगलाई अझ व्यवस्थित, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने संकल्प गरेको छ ।

साधारणसभाले संघको २८ औं साधारणसभा २०८४ मा रुपन्देहीमा गर्ने निर्णय गरेको छ । सो सभा गर्न आवश्यक तयारीका लागि अमन कपिका प्रोपराईटर एवम पुर्व केन्द्रिय सदस्य लक्ष्मण न्यौपानेलाई कोर्डिनेटरको जिम्मेवारी प्रदान गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  २ : ०२ बजे

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

काठमाडौं । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

बेनी-जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकको