२५ पुस २०८२, शुक्रबार | January 9, 2026

द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालन गर्न आग्रह



नेपालगन्ज । द्वन्द्वकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार सञ्चालनमा ल्याउन निजी क्षेत्रले आग्रह गरेका छन् । छोटी भन्सार पुनःस्थापना नहुँदा त्यसको मार निजी क्षेत्रलाई परेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले बताए ।

उनले ती छोटी भन्सार स्थापना भएमा त्यसको प्रत्यक्ष लाभ व्यवसायीलाई हुने उल्लेख गर्दै भन्सार राजस्वसमेत वृद्धि हुने बताए । “छोटी भन्सार सञ्चालन गर्दा इमान्दार रुपमा व्यवसाय गर्नेलाई लाभ हुन्छ र अवैध काम रोकिन्छ”, धामीले भने । उनले छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा विभिन्न नाकाबाट अवैध आयात निर्यात बढेको बताए ।

नेपालगन्ज भन्सार कार्यालय प्रमुख जनार्दन पौडेलले विभिन्न नाकाबाट छोटी भन्सार सञ्चालनको माग आए पनि तत्काल सञ्चालन नीति नआएको जानकारी दिए । उनले छोटी भन्सारबाट व्यापारमा विकृति भित्रिएको उल्लेख गर्दै बरु भएका भन्सारलाई सुदृढीकरण गरेर लैजाने सरकारको नीति भएको बताए ।

छोटी भन्सारका केही भवन भत्किएर काम नलाग्ने अवस्थामा पुगेका छन् भने केहीको भवन नै थिएन । यी भन्सारबाट विगतमा हुने आर्थिक कारोबारको कुनै अभिलेखीकरण भएकोसमेत पाइँदैन । नरैनापुर, खडैचा, साइगाउँमा छोटी भन्सार रहेका भवन हाल भत्किएर काम नलाग्ने अवस्थामा छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनःस्थापना नगरिँदा भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रको बाटोबाट खुलेआम तस्करी हुने गरेको बताए ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १२ : २७ बजे

कांग्रेस कार्यबहाक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार

एनआरएनए अमेरिकाको प्रष्टीकरण – खेलकुदमन्त्री गुप्तालाई अमेरिका बोलाएका छैनौं

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

नवलपुरमा घटे महिला मतदाता

नवलपुर । अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा