२५ पुस २०८२, शुक्रबार | January 10, 2026

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु



सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको भएको प्रहरीले जनाएको छ । छेडागाड नगरपालिका–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी, २८ वर्षीय राजु अधिकारीको घटनास्थलमैमृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिए ।

घाइते हुनेहरुमा छेडागाड–९ का २४ वर्षीय कृष्ण अधिकारी, वडा नम्बर ८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नं ९ का ३९ वर्षीय बीरबहादुर रोकाय, दैलेख नौमुले गाउँपालिका–६ का २३ वर्षीया शीतला रावत छन् । घाइतेको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  २ : ०९ बजे

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

कांग्रेस बाँकेमा विज्ञप्तिको दोहोरी

नेपालगन्ज । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागका आधारमा