२३ माघ २०८२, शुक्रबार | February 7, 2026

बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २४ औं साधारणसभा सम्पन्न, औद्योगिक क्षेत्र विकास र जग्गा अभाव समाधानमा जोड



बुटवल । नेपालको औद्योगिक विकासका लागि पुराना उद्योग विरोधी नीतिमा सुधार गर्दै नयाँ ढंगले औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको रुपन्देही उद्योग संघका अगुवाहरूले बताएका छन् । उनीहरूले नयाँ औद्योगिक क्षेत्रको निर्माण र त्यसको उपयोगका लागि ठोस पहल गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

बुटवल उद्योग संघको २४ औं बार्षिक साधारणसभामा बोल्ने वक्ताहरूले औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन दिनप्रतिदिन कठिन हुँदै गएको, त्यसको समाधानमा सरकारले ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । उनीहरूले बर्षौंदेखि जग्गाको कमी, चर्को भाडा, विद्युत र पानीको अनियमितता, सुरक्षाको अभाव जस्ता पुराना समस्या अझै कायम रहेको र यसको समाधान नहुँदा उद्योग सञ्चालनमा बाधा परेको बताएका छन् ।

औद्योगिक क्षेत्रको समग्र विकास र संरक्षणका लागि प्रदेश सरकारले जिम्मेवारी लिनुपर्ने माग पनि उनीहरूले राखे । उद्योगीहरूले भने, जग्गाको अभावले उत्पादन क्षमता अनुसार उत्पादन गर्न बाधा पुर्याएको छ र लामो समयदेखि औद्योगिक क्षेत्रको स्तरबृद्धि सम्बन्धी योजनाबद्ध काम नहुँदा समग्र औद्योगिक विकास प्रभावित भएको छ ।

पूर्व साधारणसभामा पनि उद्योगीहरूले स्वदेशी उद्योग संरक्षण र प्रवर्द्धन बिना अर्थतन्त्रको विकास सम्भव नहुने भएकाले औद्योगिक क्षेत्रको विस्तार र विकास आवश्यक रहेको उल्लेख गरेका थिए । बुटवल औद्योगिक क्षेत्रमा जग्गाको अभाव झेलिरहेको उद्योगीहरूले विशेष रूपमा बुटवल धागो कारखानाले ओगटेको जग्गा प्रयोगविहीन भएको अवस्था औँल्याए ।

साधारणसभामा अध्यक्ष उपेन्द्र अग्रवालले औद्योगिक क्षेत्रको विकासका लागि सोच र नीतिमा सुधार आवश्यक भएको बताए । उनले जग्गा अभाव पुरा गर्न र उद्योगीलाई सहुलियत तथा सुविधाहरू छिटो उपलब्ध गराउन सरकार सक्रिय हुनुपर्ने धारणा राखे । अध्यक्ष अग्रवालले उद्योगीहरूले सधैँ आशावादी बनेर समस्यासँग जुध्दै काम गरिरहेको र छिमेकी राष्ट्रका सकारात्मक विधि अपनाउने आवश्यकता औँल्याए ।

साधारणसभाको उद्घाटन लुम्बिनी प्रदेशका खेलकुद तथा युवा मन्त्री सन्तोष पाण्डेले गरेका थिए । उनले उद्योग सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने र औद्योगिक क्षेत्र विस्तार तथा भौतिक संरचनामा सुधारका लागि मन्त्रीपरिषद् बैठकमा प्रस्ताव पेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका केन्द्रीय अध्यक्ष एजाज आलमले उद्योगीहरूको समस्याप्रति राज्यको स्पष्ट नीति र नेतृत्वको अभाव भएको भन्दै आवश्यक परे आन्दोलन गर्ने चेतावनी दिएका थिए । नेपाल चेम्वर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले पुराना मुद्दाहरू बारम्बार उठाइरहनु औद्योगिक विकास नहुने प्रमाण भएको बताए ।

संघका अध्यक्ष उपेन्द्र अग्रवालको अध्यक्षता, महासचिव कमल ज्ञवालीको सञ्चालन तथा उपाध्यक्ष प्रज्वल थान्जुको स्वागतमा सम्पन्न कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, संघका पूर्वअध्यक्ष गणेशप्रसाद अधिकारी, बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख दीपक आचार्यलगायतले पनि विचार व्यक्त गरे ।

साथै, कार्यक्रममा औद्योगिक क्षेत्रमा कार्यरत मजदुरका जेहेन्दार तथा कमजोर ३ जना छोराछोरीलाई शैक्षिक सामाग्रीसहित नगद प्रदान गरिएको थियो ।

बैठकले औद्योगिक क्षेत्रको स्तरबृद्धि, उद्योगीका समस्या समाधान र नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि ठोस योजना र पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : ३० बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस