२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

पूर्वीरुकुमबाट चुनाव लड्ने प्रचण्डको घोषणा



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुमपूर्वबाट चुनाव लड्ने औपचारिक घोषणा गरेका छन् ।

पश्चिम रुकुममा आज आयोजित एकतासन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफु लड्ने चुनाव क्षेत्रबारे सार्वजनिक गरेका हुन् । उनले भने, ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु। म पूर्वी रुकुम चुनाव लड्ने निश्चित भएका छ। पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्नुहोला,’ उनले भने।

यसअघि प्रचण्डलाई नेकपाले विभिन्न जिल्लाका ११ वटा निर्वाचन क्षेत्रबाट एकल सिफारिस गरेको थियो । प्रचण्ड २०७९को निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए भने त्यसअघि उनी चितवन क्षेत्र नं. ३, सिरहा, काठमाडौं १० र रोल्पाबाट निर्वाचित भएका थिए ।

प्रचण्डले सम्बोधनको क्रममा रुकुमेली जनताले क्रान्ति र परिवर्तनको पक्षमा ऐक्यवद्धता प्रदर्शन गरेको भन्दै फेरि पनि त्यसलाई पुष्टि गरेको बताए । उनले पश्चिम रुकुमका जनताको विश्वासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै आफु पूर्वरुकुममा आएपछि पश्चिम रुकुमको विकास निर्माणलाई पनि नयाँ शिराबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले रुकुमका जनताका दुःख सुखमा एकाकार हुनका निम्ति बारम्बार रुकुम आउने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : ५१ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र