२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस बुटवलमा दीप प्रज्वलन र चियापानसहित मनाइयो



बुटवल । ३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना आदान-प्रदान, दीप प्रज्वलन तथा चियापान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बुटवल नगर समितिको आयोजनामा कालिकानगरस्थित होराइजन चोकमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले पृथ्वीनारायण शाहद्वारा स्थापित एकीकृत नेपाल आजको राष्ट्रिय पहिचानको मूल आधार भएको उल्लेख गर्दै राष्ट्रियता, सार्वभौमिकता र एकताको भावनालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे । उनले देशको अस्तित्व र स्वाभिमान जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।

राप्रपा बुटवल नगर समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठले पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आधुनिक नेपालको एकीकरणमा उनले खेलेको ऐतिहासिक भूमिका अतुलनीय रहेको बताए । उनले राष्ट्रिय एकता, सार्वभौमिकता र पहिचान जोगाउन सम्पूर्ण नागरिक तथा राजनीतिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । पृथ्वीनारायण शाहका दूरदर्शी नीति र विचारहरू आजको परिवर्तित राजनीतिक सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै राप्रपा बुटवल नगर संगठन विभागका संयोजक कमल प्रकाश भुसालले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको ऐतिहासिक र राष्ट्रिय महत्वबारे प्रकाश पारे । उनले यस्ता कार्यक्रमले राष्ट्रिय चेतना, देशप्रेम र एकताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रम अन्तर्गत साँझ दीप प्रज्वलन गरिएको थियो भने अन्त्यमा चियापानसँगै कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ८ : १३ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम