२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय सर्‍यो



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन गरिएको छ । यसअघि मंगलबार बिहान ११ बजे बस्ने तय भएको बैठक अब दिउँसो १ बजे बस्ने भएको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठकको समय परिवर्तन भएको जानकारी दिएका छन् ।

बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमै बस्नेछ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक आह्वान गरेका हुन् । मुख्यसचिव पौडेलद्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू तथा सातवटै प्रदेशका सभापतिहरूलाई बैठकमा उपस्थित हुन निर्देशानुसार अनुरोध गरिएको छ ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज २०८२ पौष २९ गते मंगलबारका दिन बिहान ११ः०० बजे बस्ने भनिएको बैठक अपरिहार्य कारणवश दिउँसो १ः०० बजे बस्ने भएको छ,” सूचनामा उल्लेख गरिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन अघि बढेसँगै पार्टीभित्रको संस्थापन पक्ष दबाबमा परेको देखिएको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले नेतृत्व परिवर्तनको विषयलाई जोडदार रूपमा उठाइरहेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकअघि विशेष महाधिवेशन समूह र संस्थापन पक्षबीच वार्ताको तयारीसमेत भइरहेको बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुका साथै पार्टीको आगामी रणनीतिबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १० : ४२ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र