२९ पुस २०८२, मंगलबार | January 13, 2026

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न धेरै खर्च नगरी सानै पहलमा पनि सुरुआत गर्न सकिने बताएका छन् ।

सञ्चारमन्त्री खरेलले जेनजीको मुख्यमाग भनेकै सुशासन र भ्रष्टाचारविरुद्ध रहेको बताउँदै सबैले हरेक तहबाट राम्रो कामका थालनी गर्नुपर्ने बताए।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज निरीक्षणका क्रममा मन्त्री खरेलले जिल्ला प्रशासनले पछिल्लो समय गरेको प्रविधिमैत्री व्यवस्थाको प्रशंसा गरे ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हाल सेवाग्राहीलाई पब्लिक अनाउन्समेन्ट सिस्टम (पिएसस) लागू गरेको छ । यो प्रणाली लागू भएपछि सेवाग्राहीलाई सेवा लिन सहज भएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुशासन र नागरिक सरकारको भावनाअनुरुप पिएसस प्रणाली प्रभावकारी रहेको जानकारी दिए ।

उनले दुई वर्षअघि दुई घण्टा लगाएर आफ्नो छोरीको नागरिकता लिनुपरेको अनुभव सुनाउँदै अहिले प्रशासनबाट यो प्रणाली लागू भएपछि आधा घण्टामा सेवाग्राहीलाई नागरिकता प्रदान गर्न सकिएको बताए । उनले यो प्रणाली देशभरिकै जिल्ला प्रशासनमा लागू गर्न सके नागरिकले सुशासनको अनुभूति गर्न सक्ने धारणा राखे ।

सञ्चारमन्त्री खरेलले पिएसएस प्रणालीलाई देशव्यापी बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव राख्ने बताएकाछन् । उनले जेनजी आन्दोलनमा जलेको जिल्ला प्रशासनको भवन निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : ०३ बजे

एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवल । बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप

बुटवलबाट करिब १३ लाख बराबरको अवैध मोबाइल सामग्री बरामद

बुटवल । नेपाल प्रहरीले बुटवलबाट करिब १३ लाख रुपैयाँ बराबरको

दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यकका मुद्दामा रुपन्देहीमा अन्तर्क्रिया कार्यशाला

भैरहवा । दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा दलित लैङ्गिक

परिस्थितिको सामना गर्न पार्टी एकता र रूपान्तरण आवश्यक : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन