२० फाल्गुन २०८२, बुधबार | March 5, 2026

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, किन भैरहेको छ दैनिक वृद्धि ?



काठमाडौं । पछिल्ला केही दिनदेखि लगातार उकालेको रेकर्ड बनाउँदै आएको सुनचाँदीको मूल्य बुधबार पनि उकालो लागेर नयाँ उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ७८ हजार रुपैयाँमा निर्धारण गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि उल्लेख्य दरले बढेको छ। एकैदिन प्रतितोला ३१५ रुपैयाँले वृद्धि भई बुधबारको मूल्य ५ हजार ६५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो। निरन्तरको मूल्यवृद्धिले सुनचाँदी बजार नयाँ रेकर्डतर्फ धकेलिएर गएको छ।

हाल सुनचाँदीको मूल्य वृद्धि पछाडि केही प्रमुख कारणहरू रहेका छन्। विश्व बजारमै सुनलाई ‘सुरक्षित लगानी’ का रूपमा हेरिने भएकाले राजनीतिक अनिश्चितता, अन्तर्राष्ट्रिय तनाव, युद्ध जोखिम र आर्थिक अस्थिरता बढ्दा सुनतर्फ आकर्षण बढ्छ र मूल्य उकालो लाग्ने गर्छ। त्यस्तै अमेरिकी डलरको उतार–चढाव, ब्याजदरसम्बन्धी अनुमान, केन्द्रीय बैंकहरूको सुन खरिद, तथा महँगाइ बारेको चिन्ताले पनि सुनको माग बढाइरहेको देखिन्छ।

चाँदीको हकमा पनि आभूषणसँगै उद्योग र प्रविधि क्षेत्रमा बढ्दो प्रयोगले माग उच्च बनाएको छ। यी वैश्विक कारणहरू मात्रै नभई भित्री बजारमा आयात लागत, विनिमय दर, र व्यवसायीहरूको मनोविज्ञानले पनि दैनिक रूपमा मूल्य समायोजन भई वृद्धि भइरहेको हो।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ११ : १६ बजे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ