३० पुस २०८२, बुधबार | January 14, 2026

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु



तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दङ्गीशरण गाउँपालिका–४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो ।

चौधरी गएको मङ्सिर २८ गते लागु औषध ब्राउनसुगर सहित तुलसीपुर बसपार्कबाट पक्राउ परेका थिए । पाँच दशमलव १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका उनी विरुद्ध मुद्दा चलिरहेको थियो । बिहान एक्कासी बेहोस भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ९ : ४९ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिँदै

काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो

कांग्रेस विभाजन हुन्न : महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको