२ माघ २०८२, शुक्रबार | January 16, 2026

पुरानो मानसिकता, सोच र शैलीले अब देश चल्दैन प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज बिहान भएको भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, आर्थिक–सामाजिक अवस्थालगायत विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।

घेदुङले यही माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौंमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरिएको उनले बताए ।

घेदुङका पदाधिकारीहरुले तामाङ समुदायको जनसङ्ख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकामा प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएका थिए ।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले हालको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एकमात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताए ।

“मुलुक चुनावमा होमिएको छ । यो चुनाव सामान्य अवस्थाको नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो”, उनले भने, “भदौ २३ र २४ गतेलाई दिमागमा राखौँ । अब बारम्बार यो अवस्था दोहोरिनुहुँदैन । युवाको आकांक्षाअनुरुप हामी चल्नुपर्छ । तपाईंहरु पनि आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसद्मा पठाउनुहोस् ।”

प्रधानमन्त्री कार्कीले पुरानो मानसिकता, सोच र शैलीले अब देश नचल्ने भन्दै युवाको भावनाअनुसार शासन सञ्चालन गर्न युवा र इमानदार व्यक्ति नेतृत्वमा आउनुपर्नेमा जोड दिएको प्रेस सल्लाहकार रावलले बताए ।

प्रधानमन्त्री कार्कीले चुनावमा अनावश्यक चलखेल र गतिविधि हुन हुन नदिन अब समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा राखे । “भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसविरुद्ध चुनावबाटै पहल हुनुपर्छ । मतदाता पनि यसमा चनाखो बन्नुपर्छ । अब विगतमा जस्तो चुनावमा हुने गलत अभ्यास र प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ”, प्रधानमन्त्रीको भनाइ थियो ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १ : ४० बजे

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको राजीनामा

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट

पुरानो मानसिकता, सोच र शैलीले अब देश चल्दैन प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन