१३ माघ २०८२, मंगलबार | January 27, 2026

युवराज सफल पक्राउ



काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय एवं विभिन्न विषयमा अदालतमा रिट हालेर चर्चित युवराज सफल पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको मानमर्दन गरेको आरोपमा उनलाई प्रहरीले मंगलबार आज नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सफलले महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्ताविरुद्ध विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोग गर्दै नकारात्मक, अपशब्द तथा गालीगलौजयुक्त सामग्री सार्वजनिक गरेका थिए ।

विभिन्न व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने र अफवाह फैलाउने प्रकृतिका गतिविधि सामाजिक सञ्जालमा देखिएपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ६ : ०३ बजे

त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य स्थगित, बसभित्र मानव कङ्काल फेला

तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङवेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको

युवराज सफल पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय एवं विभिन्न विषयमा अदालतमा रिट

कांग्रेसले चुनावी घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राख्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा

काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

काठमाडौं । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको