१० चैत्र २०८२, मंगलबार | March 24, 2026

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग



काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको अपमान गरेको भन्दै बाँके क्षेत्र नं ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनारलाई कारवाही गर्न माग गरिएको छ ।

हिन्दू जागरण नेपालले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । सुनारको अभिव्यक्ति समाज भड्काउने खालको भएको ज्ञापनपत्रमा जिकिर गरिएको छ ।

सुनारले राजनीतिक लाभका लागि राष्ट्रियतासँग जोडिएका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै हिन्दू जागरण नेपालले सुनारको उम्मेदवारी खारेजीको माग गरेको छ । सुनारले राजनीतिक लाभका लागि आम मानिसमा भ्रम फैल्याउने, सामाजिक सद्भावमा असर पुर्‍याउने तथा राष्ट्रको गरिमा कमजोर बनाउने काम गरेकाले त्यसको छानबिन गरिनुपर्नेमा ज्ञापनपत्रमा जोड दिइएको छ ।

यस्ता अभिव्यक्तिले निष्पक्ष र शान्तिपूर्ण रूपामा निर्वाचनका प्रक्रिया अघि बढाउन नकारात्मक प्रभाव पार्ने भएकाले समयमै यस्ता गतिविधि रोकिनुपर्ने हिन्दू जागरण नेपालको माग छ । छानबिन गरी प्रचलित कानुन र निर्वाचन आचारसंहिताअनुसार सुनारलाई कारबाही गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ७ : २६ बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।