१५ माघ २०८२, बिहिबार | January 29, 2026

निर्वाचन आउन ३५ दिन बाँकी : यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति



काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो ।

निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ । निर्वाचनका लागि रु छ करोड ७५ लाखको मात्र नयाँ सामग्री खरिद गरिएको र अन्य सामग्री पुरानै (स्टक) लाई पुनः प्रयोगमा ल्याइएको उनले बताए ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारीको मनोनयनपत्र दर्ता, दाबी विरोध र निर्वाचन चिह्न प्रदानको कार्यक्रम सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ७ : २९ बजे

काठमाडौं र तराई क्षेत्र हुस्सु-कुहिरोले ढाकियो , हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित तराई-मधेशका विभिन्न जिल्लामा आज बिहान बाक्लो

मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका-६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान । धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको