१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न



कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत कोहलपुर-सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त प्रसारणलाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने जानकारी र्दिए । त्यसका लागि बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेत जिल्लाको सुब्बाकुनामा निर्माण भएको सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारणलाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण गरिने उनको भनाइ छ ।

प्रवक्ता ढकालका अनुसार परीक्षणपश्चात् प्रसारणलाइन सञ्चालनमा ल्याइने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।

त्यसक्रममा प्रसारणलाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका संकेत देखाइएका विद्युतका संरचनालाई नछुन र बालबालिकालाई समेत टावर नछुन र नजिक जान नदिन आग्रह गरिएको उनले बताए ।

परीक्षणका क्रममा कुनै ठाउँमा झिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिन आग्रह गरिएको प्रवक्ता ढकालले बताए ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ७ : ५३ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाडौं । भाटभटेनी सुपरमार्केट तथा जापानी कस्मेटीक उत्पादक होमाबीच जापानी