१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते



काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन् । दाङबाट काठमाडौं आउँदै गरेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमा पल्टिएको हो ।

लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको उक्त नाइट बस मुग्लिन-नारायणगढ खण्डको ‘घुमाउने’ भन्ने स्थानमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि तत्कालै प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो ।

घाइते यात्रुहरूलाई उपचारका लागि भरतपुर र मुग्लिनका विभिन्न अस्पतालहरूमा पठाइएको छ । प्रहरीका अनुसार मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जना घाइतेको उपचार भइरहेको छ ।

बस पल्टिएपछि केही समयका लागि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड हाल पूर्ण रूपमा खुलिसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र यससम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ८ : ३० बजे

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको