१८ माघ २०८२, आइतबार | February 1, 2026

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन



दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ । आव २०८२/८३ को छ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको हो ।

दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सारले लक्ष्यभन्दा आठ लाख ७३ हजार ६३८ कम राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले छ महिनासम्म ८४ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

पुस मसान्तसम्म ७६ लाख २३ हजार ३६२ सङ्कलन भएको कोइलावास भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । जुन लक्ष्यको ८९.७२३ प्रतिशत हो ।

कार्यालयले साउनमा १३ लाख ५८ लाख राजस्व उठाउने लक्ष्य लिएकामा नौ लाख ९० हजार ९७४ सङ्कलन गरेको छ । यसैगरी भदौमा १४ लाख ९८ सङ्कलन गर्ने लक्ष्य लिएकामा छ लाख ६८ हजार ६४९ राजस्व सङ्कलन भएको छ ।

असोजमा १४ लाख १७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा आठ लाख चार हजार ५५१ सङ्कलन भएको छ । त्यसैगरी, कात्तिकमा १५ लाख एक हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा नौ लाख ६३ हजार ८३० सङ्कलन भएको छ ।

मङ्सिर महिनामा १३ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा आठ लाख ८६ हजार २९५ सङ्कलन भएको छ । पुसमा १३ लाख ४० हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा ३३ लाख नौ हजार ६३ सङ्कलन भएको छ । पुसमा भारतीय पर्यटकको नेपाल आगमन बढी भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

दाङ, रोल्पा, प्युठानका लागि पैठारी हुने व्यापारिक सामान कोइलावास नाकाबाट भित्रिएको देखिँदैन । व्यापारीका लागि सबैभन्दा छोटो नाका परे पनि आकर्षण देखिएको छैन । सहज सडक सञ्जाल भए पनि यसलाई सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास भएको पाइँदैन । निजी क्षेत्रले केही प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन । हरेक निर्वाचनको समयमा भने कोइलावास भन्सारले चर्चा पाउने गरेको छ ।

अहिले पनि उम्मेदवारहरूले कोइलावास भन्सारको विषयलाई उठाउन थालेका छन् । कोइलावास नाकालाई सञ्चालन गरी दाङको विकासमा टेवा पुर्याउने भन्दै आश्वासन दिन थालेका हुन् ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ९ : ३४ बजे

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास